सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा साढे ११ सयभन्दा तल, रोकिएन गिरावट

काठमाडौं : सेयर बजार परिसूचक नेप्सेमा गिरावट रोकिएको छैन। सोमबार पहिलो घण्टामा ४० अंकले गिरावट आइ दिनभरमा ५२ अंक ह्रास भएकोमा मंगलबार पनि उस्तै घट्दो दरमा देखिएको छ । बजार खुलेको पहिलो घण्टा अर्थात १२ बजेसम्ममा २१.४१ अंकको ह्रास आएको छ । यो गिरावटसँगै एक हजार १४७ अंकमा झरेको छ । यो अवधिमा सम्पूर्ण क’ वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९३ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स १.७ अंकले ह्रास आएको छ । समूहगत उपसूचक तर्फ पनि कुनै उपसूचक उकालो लाग्न सकेका छैनन् । सेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचक २७.१३ अंकले ह्रास आएको छ। यो अवधिसम्म ९९ कम्पनी कारोबारमा आउँदा पाँच करोड ६२ लाख ५३ हजार १८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १०:१२