सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कार्यव्यवस्था समिति बैठक बस्दै, एमाले सहभागी होला ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए । आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूची निर्धारण गर्नेछ । बैठकमा संसद्मा जारी अवरोधलगायत विषयमा छलफल हुनेछ । यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी भएको थिएन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०७:२३