बुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजन किर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजा अर्चना गर्दै दिनभरी भजन किर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।
यस वर्षको शिवरात्री पौवासँग मनाऔं सँगै नाचौं, सँगसँगै खाऔं भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निशुल्क खुवाउनुका साथै संगीतमय भजन टोलीले शिवरात्रीका दिन बिहानैदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।
पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघीमा पनि पौवाका शाखा रहेका स्थानमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकलाई सेवा दिएको थियो ।
पौवाको रुपन्देहीमा २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदूरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको चितवनमा १ शाखा सञ्चालनमा आइसकेका छन् भने गण्डकी प्रदेश राजधानी पोखरामा नयाँ वर्ष पहिले नै सेवा सञ्चालन हुने गरि तयारी अघि बढाइएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
।