सूचनाको शक्ति - The Power Of Information

        

एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

काठमाडौं । पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै हुनुहुन्छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उहाँ आज शुक्रबार बिहान ११ बजे पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिन शेरबहादुर तामाङले बताउनुभएको हो ।

उहाँका अनुसार अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १०:२९