सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

यसैगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो र राति नै देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ०७:५४