सूचनाको शक्ति - The Power Of Information

        

टिपर दुर्घटना रुकुम पूर्वमा हुँदा दुई जनाको मुत्यु

रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भूमे गाउँपालिकाको–५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुईजना मजदुरको ज्यान गएको हो ।

मृत्यु हुनेमा रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–१४ का करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका अनुसार दुर्घटना पश्चात गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम (पूर्व) अस्पतालमा लागिएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १६:३०