सूचनाको शक्ति - The Power Of Information

        

नेपालले तेस्रो स्थानको लागि ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानसँग खेल्दैछ ।

यी दुई टोलीबीचको खेल आज दिउँसो पौने ४ बजे अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् । सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएका थिए ।

नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । यस्तै, घरेलु टोली ओमान यस अघिको हारको बदला लिँदै तेस्रो स्थानमा अन्त्य गर्ने सोचमा छ ।

छनोटको उपाधिका लागि आजै युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १०:२३