काठमाडौं । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ ।
यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका विमानस्थलले जनाएको छ ।
सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ ।
हिमपात हुँदा कृषक भने कृषी उत्पादन बढ्ने आसले रमाएका छन् । यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ ।
यसका लागि १२ हजार ५ सय विरुवा जुम्लाबाट ल्याइएको छ ।
।