सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा फेरी दुई वटा पाटे बाघ देखियो

फाइल तस्वीर

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा पाटे बाघ देखिएका छन् ।

बाघ देखिएको खबरपछि ईलाका प्रहरी कार्यालय धामपुरले त्यस क्षेत्रमा प्रहरी परिचालन गरी सर्वसाधारणहरुलाई सचेत गराई रहेको छ ।

धामपुरका प्रहरी इन्चार्ज सई मुकुन्द सिगदेलले स्थानीयले बाघ देखिएको खबर गरेपछि जंगलक्षेत्रमा नजान र जंगलबाटो हिँड्दा सचेत भएर हिँड्न आग्रह गरिएको जानकारी दिए ।

एक महिनाअघि आलीनगरमा बाघले आक्रमण गरेपछि स्थानीयले ढोल बजाएर धपाएका थिए । राप्ती सोनारी क्षेत्रमा हाल बाघको त्रास कायमै छ ।

केही दिनअघि मात्रै बाघले राप्तीसोनारी ६ मा एक जनाको ज्यान लिएको थियो भने एक जनामाथि आक्रमण गरेको थियो ।

मानव नस्ती नजिकैको जंगल क्षेत्रमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १७:४०