भाग्यमानी भन्थे सबै, न त भागमा पार्न सकियो ।
तिम्रै भनी सुम्पेको मन, न त अन्त सार्न सकियो ।।
सुन्दर सपना सजाएर, रोपेको थिए प्रेमका फुल ।
फुल्न नपाई निमोठिदा, न त आँसु झार्न सकियो ।।
चाह सबै ओइलाइदिँदा, मर्ने रहेछ मनका इच्छा ।
रहर सबै बन्धक बनाई, न त तारले बार्न सकियो ।।
धेरै कुरा जान्न मन थियो, तिमी किन टाढा भयौं ।
तरपनि मनको प्यास, न त माया नै मार्न सकियो ।।
आउन सक्छौं आउ फेरि, छुट्टै संसार सजाउला ।
फर्की आउने आशामा, न त हिम्मत हार्न सकियो ।।
गोमा सापकोटा ।