बाँके । बाँकेमा मंगलवार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा एकजना गरी १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा ४, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
यस्तै जमुनाहा नाकामा १७५ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९१९ पुगेको छ ।
यस्तै थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४३ पुगेको छ ।
।