बाँके । बाँके प्रहरीले मंगलबार बिहान साढे ५ बजे भारतबाट नेपाल आउदै गरेका व्यक्तिबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । उनी विहान साढे ५ बजे रुपैडिहाबाट नेपालगञ्ज आउदै थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले सिमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विसिको हिडाई शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा ३ वटा प्लाष्टिकमा पोका पारि राखिएको ब्राउनसुगर जस्तो सामाग्री बरामद भएको बताए ।
प्रहरीले बिसीकोे साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।
सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाण्डौ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।
।