सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज एक अमेरिकी डलरको बिक्रीदर ११९।५२ रुपैयाँ र खरिददर ११८।९२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर उक्त मूल्य कायम भएको जानकारी दिएको हो ।

यस्तै, एक यूरोको बिक्रीदर १३५।७९ रुपैयाँ र खरिदरदर १३५।११ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्रीदर १६२।६४ र खरिददर १६२।१२ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८६।११ र खरिददर ८५।६८ रुपैयाँ तोकिएको छ ।

यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८।८२ रुपैयाँ र खरिददर ८८।३७ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर १०।४१ रुपैयाँ र खरिददर १०।३६ रुपैयाँ छ । १८।८७ रुपैयाँ बिक्रीदर कायम चिनियाँ युवानको खरिददर १८।७८ रुपैयाँ तोकिएको छ ।

साउदी रियालको बिक्रीदर ३१।८५ रुपैयाँ र खरिददर ३१।६९ रुपैयाँ छ । कतारी रियालको बिक्रीदर ३२।७३ रुपैयाँ र खरिददर ३२।५७ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्सको बिक्रीदर ३२।५४ रुपैयाँ र ३२।३८ रुपैयाँ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १०:१७