सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षा स्थगित

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहको प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगित भएको छ । आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोग लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक–अप्राविधिक पदको लिखित परीक्षा स्थगित भएको हो ।

आयोगको विज्ञापन समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो । कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक–प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ०९:५९