सूचनाको शक्ति - The Power Of Information

        

इँट्टा निकाल्ने क्रममा एक जनाको मृत्यु


प्रभा रावत । सुर्खेत । सुर्खेतमा इँट्टा निकाल्ने क्रममा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश जिल्ला बहराईज मटेरा कगर गाउँका ४२ बर्षिय सुकईलाल तेली शाह भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
आज बिहान साढे सात बजेतिर वीरेन्द्रनगर ९ स्थित सुर्य इँट्टा भट्टा उद्योगमा लगाइएको इँट्टा निकाल्ने क्रममा पहिलो पर्खाल भत्केर उनको मृत्यु भएको हो । घाइते हुने मृतकका छोरा २१ बर्षिय बल्लु शाह र ३० बर्षिय मोहमद आयमद घाइते भएका छन् ।
घाइते दुबैजनाको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था समान्य रहेको छ । घटनाको अनुसन्धान भइरहेको र शव पोष्टमार्टम गरेर घर पठाउने तयारी गरिएका डिएसपी श्यामसिह चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०७:४९