सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु

बाँके । कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

बर्दिया, गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी २७ वर्षीय युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा यही फागुन ७ गते भर्ना भएका उनको आइतबार राती ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

गत माघ २८ गते भेरीको प्रयोगशालामा परिक्षण गर्दा युवकलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ५१ जनाको मृत्यु भएको छ ।

यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४ सय ४८ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १७:४२