सूचनाको शक्ति - The Power Of Information

        

पोखरामा असिना पानी

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा क्षती पुगेको छ ।

आकस्मिक परेको असिना पानीका कारण पोखरा बजार क्षेत्र केही समय अस्तव्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव गरेको स्थानीयले बताएका थिए ।

असिना पानीका कारण कृषकले लगाएको हिउँदे तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा ठूलो क्षति पुगेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव केही दिन देशका विभिन्न स्थानमा हावा हुरीसहितको असिना पानी पर्न सक्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १९:२१