सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वी नगरपालिकाले इसिडी शिक्षकहरुलाई संघिय सरकारले र्निधारण गरे अनुसार तलब सुविधा दिने

बझाङ । प्रारम्भिक बालविकास सहजकर्ता इसिडी शिक्षक र विध्यालयका कर्मचारी परिचर लेखापालले संघिय सरकारले र्निधारण गरेको तलव सुविधा पाउने भएका छन् ।

बझाङको जयपृथ्वी नगरपालिकाले यहि फागुन १ गते देखी पाउने गरी खाईपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक विध्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुपदिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताउनुभयो ।

जयपृथ्वी नगरपालिका कार्यपालिकाको बसेको बैठक र हिउँदे अधिवेशनले उनिहरुलाई संघिय सरकारले उपलब्ध गराएको रुपैयाँमा फागुन १ गते देखी पाउने गरी ८ हजार रुपैयाँ थप गर्ने निर्णय गेको छ ।

नगरपालिकाले बजेट व्यवस्थापन गरेर निर्णय बमोजिम तलब निकासा गर्न लागेको हो । नगरपालिका भित्र ४४ जना इसिडी शिक्षक सहित ५५ जना विध्यालय सहयोगी र ७ जना लेखापालका गरी १ सय १२ जनाका लागी ४९ लाख २० हजार रुपैयाँ बजेट रकमसमेत विनियोजन गरेको जयपृथ्वी नगरपालिका आन्तरिक लेखापरिक्षक लाल बहादुर खातीले बताउनुभयो ।

साथै कार्यपालिकाको बैठकले हिउँदे अधिवेशनबाट उक्त प्रस्ताव अनुमोदन समेत भैसकेको खातीले बताउनुभयो । संघिय सरकारले निर्धारण गरेको बालविकास सहजकर्ता शिक्षक, विध्यालयका सहयोगी, लेखापालले बेलाबेलामा जयपृथ्वी नगरपालिकाले तलब सुविधा नदिएको भन्दै आन्दोलन समेत गर्दै आएका थिए ।

जयपृथ्वी नगरपालिका अन्र्तगत जयपृथ्वी नगरपालिका १ कैलाशको बेताल सामुदायिक विध्यालयमा विगत लामो समय देखी पढाउदै आउनुभएको इसिडी शिक्षक ज्वाला शाहीले अरु शिक्षक जस्तै आफु दिनभर विध्यार्थिहरुलाई पढाउदै आएको भए पनि महिनाको ८ हजार मात्रै पाउने गरेको बताउनुभयो ।

जयपृथ्वी नगरपालिकाले फागुन १ देखी लागु हुने गरी ७ हजार रुपैयाँ थप दिने निर्णय गरेपछी आफुहरु लगाएत इसिडी शिक्षकहरु खुसी रहेको र तलब सुविधा बढेपछी घरखर्च समेत चलाउन केहि सहज हुने समेत सिंहले बताउनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १९:११