सूचनाको शक्ति - The Power Of Information

        

संसद् बैठक सुरु, एमालेको अवरोध

फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुुरु भएको जानकारी गराउनसाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् ।

उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगाय नारा लगाएका छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १३:५६