सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलको सहमतिप्रति झलनाथको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसदमा टेबल गर्ननहुने भएकाले त्यस्तो सहमतिलाई आफूहरुले स्वीकार्न नसक्ने प्रतिक्रिया दिनुभएको छ । संसद नचल्ने भन्दै उहाँले कहाँ टेबल गर्ने भन्ने प्रश्न गर्नुभएको हो ।

सर्वत्र विरोध भइरहेको बताउदै यस्तो विषम परिस्थितिमा टेबल गर्नु राष्ट्रघात हुने उहाँको तर्क छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १२:४२