सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्दा चाँदी भने स्थिर

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सय रुपैयाँले बढेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतवार १२:३३