सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको डुडुवामा रेडियो सफल ९२.८ मेगाहर्ज संचालन

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोका उद्घाटन गरिएको हो ।

डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

No description available.

लामो समयदेखि संचालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर रेडियो संचालनमा ल्याएको हो । प्रजातन्त्र पश्चात नै देशमा दुथै नयाँ आयामको बिकास भएको र प्रजातन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गरेको अवसर पारेर रेडियो संचालन गरिएको जनाइएको छ ।

संचार प्रतिष्ठन नेपालद्धरा संचलित रेडियो सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्तीसोनारी र नेपालगञ्ज क्षेत्रलाई लक्षित गरि गरिएको प्रतिष्ठनका अध्यक्ष पोषण केसीले जानकारी दिनुभयो ।

No description available.

रेडियोमार्फत ग्रामीण बस्तीका समस्या, चुनौती, युवाहरु ल्गायतको सवाल, तथा बिभिन्न व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्ने साथै स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सही सूचना प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य लिलावती यादवले शिक्षा क्षेत्रको बिकास र मानिसलाई सही सूचना र छिटो छरितो तरिकाले पुर्याउने सरल माध्यम रेडियो रहेको बताउनुभयो ।

उहाँले रेडियो ग्रामीण बस्तीको बिषयबस्तु उठान गर्नुपर्ने, किशोरी शिक्षालाई प्राथमिकता दिनुपर्ने र शिक्षित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं ८ वडा अध्यक्ष खुम बहादुर बस्नेतले संचार क्षेत्र राज्यको चौथो अंग भएको भन्दै यसले खासगरी नरैनापुर र डुडुवा गाउँपालिकाका क्षेत्रका जनतामुखि हुनुपर्ने बताउनुभयो ।

उहाँले जनप्रतिनिधिको हेसियतबाट रेडियोलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा डुडुवा गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्र, अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले डुडुवामा रेडियोले खेल्न सक्ने र स्थानीयले रेडियोका लागि गर्न सक्ने समन्वय सहकार्यबारे धारणा राख्नुभएको थियो ।

No description available.

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बानो, कार्यपालिका सदस्य यादव, वडा नं १ का वडा सदस्य सुष्मा यादव, वडा नं ३ का वडा सदस्य आमोद तिवारी, वडा नं ४ की वडा सदस्य सकिना नाउँ, स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहरा, किसान संघका क्षेत्र नं १ का क्षेत्रिय सभापति जुगलाल थारु, प्रतिष्ठका सदस्य शोभा केसी, नेपाली कांग्रेस राप्तीसोनारी ८ का सभापति नरेन्द्र वली, पदमपुर महिला बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष हेमा थापा, डुडुवाका सव इन्जिनियर मदनेश्वर झाँ लगायतको उपस्थिति रहेको थियो ।

रेडियो सफल करिब एक दशक अघि बाँकेमा रेडियो हिमालका नामबाट संचालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट शनिबारदेखि डुडुवाम प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधी र थारु भाषालाई उच्च प्राथमिकता कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १८:५८