सूचनाको शक्ति - The Power Of Information

        

अब बाँकेबाटै ई–पासपोर्ट वितरण

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले ई–पासपोर्टको काम सुरु गरेको छ । प्रशासकीय अधिकृत रामकुमार सोनकरका अनुसार ई–पासपोर्ट फाराम अनलाइनबाट भरिन्छ । फाराम बाहिरबाटै भर्नुपर्छ । त्यो फाराम लिएर जिल्ला प्रशासन कार्यालयमा आउनुपर्छ ।

प्रशासनमा फोटो खिच्ने, फिंगर प्रिन्ट लिने, हस्ताक्षर गराउने काम हुन्छ । केन्द्रसँग लिंक जोडिएकाले अनलाइन फाराम माथि जान्छ । माथिबाट १५ दिनभित्र ई–पासपोर्ट बनेर आउँछ । ई–पासपोर्ट बनाउन पहिले राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ ।

यसअघि बाँकेबाट दैनिक ५०/६० जनाको फाराम संकलन गरेर केन्द्रमा पठाउने र २० देखि ३० जनाले पासपोर्ट पाउने गर्दथे । ‘अहिले ई–पासपोर्ट हात लाग्न १५ दिन जति लाग्छ, केही दिनपछि हप्तादिनभित्रै काम हुन्छ,’ सोनकरले भने, ‘एमआरपीमा मेसिन रिडेबल थियो भने ई–पासपोर्ट बायोमेट्रिक छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १६:५१