सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाले तीन दिने वृहत् प्रदर्शन गर्ने

काठमाडौं ।  नेपाली सेनाले सेना दिवसका अवसरमा आउँदो फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा वृहत् प्रदर्शन गर्ने भएको छ ।

केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिक सम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रदर्शनी गरिँदै आएको छ ।

यही फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाइँदैछ ।

प्रदर्शनीमा सैनिक ब्याण्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागिता सम्बन्धी विषयवस्तु समेटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार ०९:४२