सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १३ संक्रमित थपिए, ११ डिस्चार्ज

बाँके । बाँकेमा बिहीवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट १० र एन्टिजेन परीक्षणबाट ३ गरी १३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा २, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७५ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३४० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ५ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०८ पुगेको छ ।

यस्तै थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४९८ पुगेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १८:१२