सूचनाको शक्ति - The Power Of Information

        

ब्राजिलमा बाढीका कारण कम्तीमा ३८ जनाको ज्यान गयो

काठमाडौं । ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण कम्तीमा ३८ जनाको ज्यान गएको छ । हजारौँ नागरिक प्रभावित भएका छन् ।

बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रेपोलिस नगरप्रमुखको कार्यालयलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् । तातो वायुमण्डलमा बढी पानी हुने भएकोले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ ।

यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०८:२८