बाँके । माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालले एमसीसीको विरोधमा बुधवार नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।
एमसीसी राष्ट्रघात भएको भन्दै उनीहरुले यसलाई संसदबाट अनुमोदन गर्नु दुर्भाग्यपूर्ण हुने बताए ।
¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्ने नेताहरुले एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए ।
अखिल क्रान्तिकारीका नगर सचिव रतन शाहीले संसदबाट एमसीसी पास गराए आफुहरु चुप लागेर नबस्ने र थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिए ।
।