बझाङ । बझाङ थलारा गाउँपालिका –५ का प्रेम बहादरु दमाई अहिले ५६ बर्षमा पुगे त्यतिबेला गाउँमा विध्यालय त थियो । ४ कक्षा सम्म पढेका उनि ७ बर्षको उमेरमा आमाको निधन भएपछी झन समस्यामा परे त्यसपछी विचमै विध्यालय छाड्नु पर्यो ।
घरमा त्यति जग्गा जमिन पनि भएको जग्गा, जमिन पनि पाखो खासै उब्जनी नहुने उब्जनी भएको बालिनाली पनि बादर तथा अन्य जंगली जनावरले नोक्सान गरीदिने भएकाले घरमा खान नपुग्ने भयो ।
घरको रासन पानी खर्च त होला भन्दै १६ बर्षकै उमेरमा भारत तिर लागे केहि बर्ष भारतको देरादुन, दिल्ली र आन्द्रा लगाएतका ठाउँमा १८ घन्टा डिउटी समेत गरे ।
उनले भने, ‘भारतका पनि विभिन्न ठाउँमा का गए कस्तो होला भन्दै ठुलो नोकरी पाउने आशमा धेरै ठाउँ ढुले । घरमा त्यहि काम गरे बाफत पाएको पैसाले बेशा (चामल, नुन, तेल ) किन्न लागी पठाउँनु पथ्र्यो ।
२, ४ पैसा बढी जम्मा गर्न र घर पठाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ उमेर बढ्दै गएपछी घरबाट बुवाले पनि घर आएर विहे गर्नु पर्यो भनेपछी केहि बर्ष पछी गाउँ फर्केर विहे गरे ।
विहेमा साहुँबाट निकालेको १ लाख बढी पैसा खर्च भएर उल्टै समस्यामा परे अब भारत जानेकी साहुँको पैसा लिए बाफत हलो जोत्ने ? त्यसपछी उनले ३ बर्ष भन्दा बढी समय गाउँमै साहुँको पैसाको ब्याज बाफत हली लागेर हलो जोत्ने काम गरेपछी अब त भएन भन्दै फेरी प्रेम घर परिवार छोडेर झोला कानमा हालेर भारत तर्फ लागे ।
भारतका विभिन्न ठाउँहरुमा काम गरे बाफत कमाएको पैसाले साहुँको १ लाख २५ हजार भन्दा बढी रुपैयाँ चुक्ता गरे उनले भने, ‘के गर्नु हजुर दुख धेरै पाहियो ।
छोराछोरी घर परिवारको खाने गुजारा देखी सबै भारतको सानोतिनो कमाईले जेनतेन थेगे जिन्दगी भर हलि लागु भने खलो बाफत आएको अन्नले खान नपुुग्ने । १ छोरी २ छोराछोरीे विहे गर्दा झनै ऋण लाग्यो ।
त्यो पनि विस्तारै टारे आधा भन्दा बढी उमेर भारतका विभिन्न ठाउँमा काम गर्दै वित्यो ।’ अब त भएन भन्दै गाउँ फर्केका प्रेम भन्छन ‘बुढेसकालमा कति अरुको देशमा चाकडी गर्नु ।
सानो छदा लुगा सिलाउने सिप त थियो । अहिले त्यहि सिप बुढेसकालमा फेरी गरिरहेको छु ।’ युएम.एन र प्रगतिशिल युवा समाजले २ वटा लुगा सिलाउने मेसिन र अर्को इन्टरलक दिएपछी गाउँमै स्थानियहरुका लुगा सिलाउने गरेका छन् ।
एक जोर सर्ट पैन्ट र्र कोट सिलाएको अहिले ४ देखी ५ हजार दिन्छन् । घरको बेसा नुन,तेल, चिया पानी खर्च त्यसैबाट गुजारा चलाएका छन् । छोरा बुहारी भने हाल सम्म पनि भारतमै रहेका छन् । प्रेम भन्छन,
‘घरमै बसी गाउँले दाजु भाईको सेवा गर्न पाए भैगो । त्यसैमा खुसी छु । मरिलानु के छर’
।