सूचनाको शक्ति - The Power Of Information

        

रेखा थापाले गरिन् विवाह

काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।

रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बताइएको छ ।

२०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एकदशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । शाही भने पर्यटन व्यवसायी हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १८:२१