सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका विषय

महाअभियोग प्रस्तावका विषयमा केन्द्रित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ ।

बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने बाँकी चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा परामर्श गरिरहेको छ

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०९:४५