सूचनाको शक्ति - The Power Of Information

        

आँखाका एक सय चौध बिरामीले उपचार पाए

खोटाङ  । सगरमाथा चौधरी आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघ खोटाङको आयोजनामा जिल्ला अस्पताल दिक्तेल र प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा निःशुल्क आँखा शल्यचिकित्सा कायक्रम गरियो । आँखाका समस्या खेपिरहेका जिल्लाका ११४ जना बिरामीको जटिल शल्यक्रिया गरिएको संघका सचिव इन्द्र कसजूले बताए । तीनदिने निःशुल्क आँखा उपचार शिविरमा आँखामा जालो पर्ने, मोतिया बिन्दु लगायतका समस्या भएका ७६ जनाको तथा चैत ४, ५ र ६ गते ऐँसेलुखर्कमा गरिएको निःशुल्क आँखा उपचार शिविरमा ३८ को शल्यक्रिया गरिएको संघका सचिव इन्द्र कसजूले बताए । जिल्ला अस्पतालमा ७५१ र ऐँसेलुखर्कमा ४८१ को आँखाको जाँच गरिएको नेपाल संघले जनाएको छ । १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेका सचिव कसजूले बताए ।

 

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार ०२:३६