सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : जनयुद्ध दिवस

माओवादी केन्द्रले गाउँमा मनायो ‘जनयुद्ध दिवस’ (भिडियो तथा फोटोफिचर)

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज २६ औं ‘जनयुद्ध दिवस’ मनाउन भव्यरुपमा मनाइएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रीको महेश्वरजङ्ग गतहराज ‘अथक’को प्रमुख आतिथ्यतामा जनयुद्ध दिवस मनाइएको हो ।

नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँ कमिटीको आयोजनामा आयोजित ‘जनयुद्ध दिवस’ विशेष कार्यक्रममा बृहत रक्तदानसँगै राप्तीसोनारी गाउँपालिका वडा नं. १ न. वडा देखि ९ वडासम्मका जनयुद्धका क्रममा सहिद भएका र बेपत्ता पारिएका परिवारका ७० जनालाई अभिनन्दन समेत गरिएको छ ।

परिवर्तनका लागि १० बर्ष लामो द्वन्द्व तथा जनआन्दोलनमा सहिद तथा वेपत्ता भएका आफन्तलाई सम्मान गर्ने क्रममा प्रमुख अतिथिसमेत रहेका खेलकुद मन्त्री अथक निकै भावुक बनेका थिए । कार्यक्रममा विभिन्न जात जातीको कला संस्कृति झल्कने झाँकी तथा नाचसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं माओवादी केन्द्रीय अनुसासन विभागका सचिव अशोक रोकाय, प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ मन्त्रीका स्वकीय सचिव माओवादीका प्रदेश कमिटी सदस्य नरेन्द्र पाण्डे (जेम्स), प्रदेश सदस्य अमर खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अथकले विभिन्न पार्टी परित्याग गर्ने दुई दर्जन बढीलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका ६ का वडाध्यक्ष एवं माओवादी केन्द्र राप्तीसोनारी गाउँ कमिटीका उपाध्यक्ष जनकबहादुर थारुले स्वागत मन्तब्य राखेका थिए भने सञ्चालन गाउँ कमिटी सचिव सुर्यप्रकाश घर्तीले गरेका थिए ।

कार्यक्रमकमा माओवादी केन्द्रका युवा नेता चन्द्रप्रकाश शर्मा (अंकित)को नेतृत्वमा जनभाव झल्कने गीतहरु प्रस्तुत गरेका थिए भने थारु नृत्यहरु प्रस्तुत गरिएको थियो । गणतन्त्र र नयाँ जनवादी सत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । साथै जनयुद्ध दिवसकै अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा कार्यक्रममा १०० रक्तदान गरेका छन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार १७:५१