बाँके । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको खजुरा गाउँपालिका–२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार ती युवक गत २७ माघमा संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए ।
मृतक युवकले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ । बाँकेमा अन्य जिल्लाबाट आएका व्यक्तिको मृत्यु हुने संख्या ४४५ पुगेको छ ।
।