सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा एसईई पास गरेका छात्रालाई साईकल वितरण

बाँके । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका छात्राहरुलाई साईकल वितरण गरेको छ ।

बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो ।

विक्रम संम्बद २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।

आज शनिबार एक समारोहकाविच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताए ।

उनले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए ।

अध्यक्ष चौधरीले उच्च शिक्षा हाँसिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षा हाँसिल गर्ने विश्वास व्यक्त गरे ।

गाउँपालिका अन्र्तगत ५ वटा माध्यमिक विद्यालयका एक सय २२ जना छात्राले २०७७ सालमा एसईई पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि मावि बनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ११:१८