सूचनाको शक्ति - The Power Of Information

        

एक सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाकाे ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १८:४७