सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशले दिने भयो कोरोनाबाट मृत्यु भएकालाई एक लाख राहत

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

सुर्खेतका ८९, जाजरकोटका १०, दैलेखका १९, रुकुम पश्चिमका ११, सल्यानका २३, कालिकोटका ६, जुम्लाका १०, हुम्ला र मुगुका एक/एक घरपरिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

गत बैशाख २० गते प्रदेश मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको घरपरिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १८:४३