सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना गम्भिर घाइते

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ बेलवामा सोमबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।

लु ७३ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा स्थानीय ३५ वर्षीय कृष्ण मुरारी लोधको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका लोधको उपचारका क्रममा बुटवल स्थित मर्ससिटी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, अन्य घाइते भएका स्थानीय २२ वर्षीय मुनीलाल मल्लाहा र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का २० वर्षीय सनोज लोधलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १०:५७