सूचनाको शक्ति - The Power Of Information

        

हिउँ खेल्न गएका दुई किशोर बेपत्ता

काठमाडौं । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा बारपाक सुलिकोट गाउँपालिका–१ का साईंला घले र वडा नम्वर २ का करन घले रहेका छन् ।

उनीहरु हिउँ खेल्न भन्दै गत बिहीबार लाप्राक गएका थिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यस यता सम्पर्कमा आएका छैनन् ।

छोरा हराएको भन्दै परिवारले माघ २३ गते बारपाक प्रहरी चौकीमा जानकारी गराएका थिए । बेपत्ता किशोरहरुको खोजी तिब्र बनाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार ०८:५९