सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बाजुरा । बँदेलको आक्रमणबाट बैतडी बुढीनन्दा नगरपालिका–३ चोलुका एक किशोरको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय १५ वर्षीय सुकिन्द विष्टको मृत्यु भएको हो ।

सोमबार दिउँसो गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायिक वनबाट आएको बँदेलले आक्रमण गर्दा विष्टको मृत्यु भएको वडाध्यक्ष रामबहादुर बोहोराले जानकारी दिनुभएको छ ।

वनमा बाख्रा चराईरहेका बेला एक्कासी जंगलबाट निस्केको बँदेलले आक्रमण गर्दा घाईते भएका विष्टलाई उपचारका लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको वडाध्यक्ष बोहोराले बताउनुभयो ।

बँदेलले टाउकोमा चिर्थादा विष्ट घाईते भएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार ०८:४३