मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा होला ?
।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।
यसअघि नै सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने सहमति जुटिसकेको छ । प्रधानमन्त्री देउवाले आइतबार नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा अब बस्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने बताएका थिए ।
।