सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका बर्दियाका ६५ वर्षीया महिलाको गएराति १० बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै हालसम्म बाँके जिल्ला बाहिरबाट सो जिल्लामा उपचार गराउन आएका ४४३ जनाको ज्यान गएको कोरोना फोकल पर्सन वलीले बताए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ११:२२