सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा लगातारको हिमपातका कारण खोप अभियान प्रभावित

काठमाडौं । हुम्लामा लगातार चार दिनदेखिको भएको हिमपातका कारण खोप केन्द्रमा सेवाग्राही आउन नसक्दा कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ ।

बस्तीसँगै सबै ठाउँमा बाक्लो हिउँ जमेर आवतजावत नै अवरुद्ध हुँदा खोप लगाउने सेवाग्राहीहरु खोप केन्द्रमा आउन नसक्दा समस्या भएको हो ।

हाल हिउँ पर्न रोकिएको भएपनि अत्यधिक जाडो बढेको र खोप केन्द्र जाने बाटो चिप्लो भएकाले खोप लगाउन जान नसकेको स्थानीयले बताएका छन् ।

हिमपातले नाम्खा र सिमकोट गाउँपालिकाका खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकाका केही अग्ला बस्ती तथा स्वास्थ्य संस्थामा खोप लगाउने कार्य बन्द भएको छ ।

जिल्लाका अन्य ८१ वटा खोप केन्द्रमा पनि तापक्रम माइनस पुगेका कारण खोप लगाउने कार्य प्रभावित भएको जिल्ला जनस्वास्थ्य केन्द्र हुम्लाले जनाएको छ ।

अहिले जिल्लाभरि खोप अभियान सञ्चालनका लागि २ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०९:१६