सूचनाको शक्ति - The Power Of Information

        

उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली हट्यो

काठमाडौँ। काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।

उपत्यकाभित्रका तीनै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आइतबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए ।

साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ०८:३९