सूचनाको शक्ति - The Power Of Information

        

अझै खुलेन जयपृथ्वी राजमार्ग, यात्रुहरू अलपत्र

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग अझै खुलेन जेसिबीको टायर पञ्चर हुँदा जयपृथ्वी राजमार्ग खुल्न अझै एक दिन लाग्ने भएको छ । राजमार्ग खुलाउन गएको जेसिबीको टायर पन्चर भएपछि राजमार्ग खुलाउन अझै एक दिन लाग्ने भएको छ ।

बझाङमा विहीबारदेखि भएको हिमपातका कारण वित्थडचिर गाउँपालिका, मुस्या खान, ढोल्यामोड, लगाएतका ठाउँहरूमा बाक्लो हिउँ जमेका कारण राजमार्ग खुल्न नसकेको सडक डिभिजन कार्यालय बैतडीका प्रतिनिधिले जनाएका छन् । भारत, धनगढी, काठमाडौं आउने जाने यात्रुहरू तीन दिनदेखि बीच बाटोमा अलपत्र परेका छन् ।

भारतबाट घर फर्केका थलारा गाउँपालिका–१ कुच घर भएका अर्जुन मोहरले हिउँ परेका कारण तीन दिनदेखि बीच बाटोमै बस्नुपरेकोले खानबस्न समस्या भएको बताए । उनी जस्तै करिब २०० जति यात्रु अलपत्र परेका छन् । राजमार्गमा जमेको हिउँ पन्छाउन भने, सडक डिभिजन कार्यालय बैतडीले बेवास्ता गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १८:३८