बाँके । बाँकेमा शुक्रवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ४३ र एन्टिजेन परीक्षणमा ५ जनागरी ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाका तीनवटा पीसीआर ल्यावमा ९६ जनाको नमुना जाँच्दा ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३०, कोहलपुर मेडिकल कलेजमा १० र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै जमुनाहा नाकामा २७५ जनाको एन्टिजेन जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २५ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७८० पुगेको छ ।
यस्तै थप ८९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय ३६ पुगेको छ ।
।