सूचनाको शक्ति - The Power Of Information

        

हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङ । बझाङको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटना परि ट्याक्टरका सहचालक थलारा गाउँपालिका २ का २५ बर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिहिवार साँझ झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु.प्र.प.०१–००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको हो । निरन्तरको हिमपातका कारण उद्धारमा समस्या भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १४:०२