सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा चट्याङ लागेर महिलाको मृत्यु

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

गएराति बनगाड कुपिण्डे नगरपालिका–७ लाम्सारामा चट्याङ पर्दा स्थानीय ४० बर्षीया रामकली कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आफ्नै घरमा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १०:३३