सूचनाको शक्ति - The Power Of Information

        

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १७:१५