सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य बीमा बोर्डले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले भारी संख्यामा कर्मचारी माग गरेको छ । बोर्डले ४४ जना दर्ता अधिकारी माग गरेको हो ।

ना।सु सरहको पाँचौ तहका लागि उक्त कर्मचारी माग गरेको छ । बोर्डले गत माघ ५ गते करार सेवाका लागि दरखास्त आह्वान गरेको थियो । कोभिड-१९ को संक्रमण बढे पछि माघ १६ गतेदेखि स्थगित गरेको थियो ।

स्वास्थ्य बैंकले कोभिड-१९ को संक्रमण विस्तारै घट्न थाले पछि आवेदन प्रकृयाँ पुनः अगाडी बढाएको हो ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

आवेदकहरु छनोट भए पश्चात स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा गएर काम गर्नु पर्नेछ । इन्छुक आवेदकले ५०० रुपैयाँ दस्तुर तिरेर बोर्डको केन्द्रिय कार्यालयमा आवेदन बुझाउन सक्ने छन् ।

बोर्डले लिखित परीक्षाका साथै कम्प्युटर परीक्षण तथा अन्तर्वार्ताबाट छनोट गर्नेछ । आवेदन दिन इच्छुकले माघ २५ गतेसम्म दिइसक्नु पर्नेछ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १०:४७