सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा थप एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

दाङ शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार राति  उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

बाँकेमा कोरोनाले मृत्युु हुनेको संख्या ३४७ र अन्य जिल्लाका मृत्यु हुनेको संख्या ४४२ पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १०:३५